Comments Add Comment

विपतको बेला प्रचार मोह, मन्त्रीको फोटो टाँसेर सिलिण्डर बाँडियो !

वनमन्त्री आले भन्छन्– मैले आफ्नो पेट काटेर सहयोग गर्न नपाउने ?

११ जेठ, काठमाडौं । नीला रंगका अक्सिजन सिलिण्डरमा वनमन्त्री प्रेम बहादुर आलेको फोटो टाँसेको तस्वीर अहिले सामाजिक सन्जालमा भाइरल भइरहेको छ ।

सोमबार हेलिकप्टर मार्फत गृह जिल्ला डोटी पुगेर मन्त्री आलेले जिल्ला अस्पताललाई हस्तान्तरण गरेका अक्सिजन सिलिन्डरमा ‘नेपाल सरकारका वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले ज्यूको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामग्री’ लेखिएको स्टिकर टाँसिएको छ ।

मन्त्री आलेले डोटी जिल्ला अस्पताल र धनगढीको सेती प्रादेशिक अस्पतालमा पुगेर ती स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । जिल्ला अस्पताल डोटीका सूचना अधिकारी अमर भाटका अनुसार मन्त्री आलेले ३० वटा अक्सिजन सिलिण्डर, १० लिटर सेनिटाइजर, १२ वटा जनरल बेड, ३० हजार सर्जिकल मास्क र एन्टिजेन किट उपलब्ध गराएका छन् ।

विपतको बेलामा पनि स्वास्थ्य सामग्रीलाई प्रचार सामग्री जसरी प्रयोग गरेको भन्दै मन्त्री आलेको आलोचना भइरहेको छ । कतिपयले चिनियाँ अनुदानका अक्सिजन सिलिण्डरमा व्यक्तिगत सहयोग भनेर प्रचार गरेको आरोप लगाएका छन् ।

मन्त्री आलेले भने व्यक्तिगत खर्चमा किनिएका सामग्री डोटी र धनगढीका अस्पतालमा दिएको बताए । ‘१५ वटा स्वास्थ्य विभाग टेकुले दिएको छ । ११० वटा मैले मेरो खल्तीको पैसा हालेर किनेको हुँ,’ मन्त्री आलेले हिसाब सुनाए, ‘तीमध्ये ७५ वटा डोटी जिल्लाभरि र ५० वटा धनगढी सेती प्रादेशिक अस्पतालमा पठाएको छु । यसैगरी दुई लाख मास्क डोटीमा र ५० हजार मास्क धनगढीको सेती प्रादेशिक अस्पतालमा दिएको छु । अनि चारवटा अक्सिजन कन्सन्ट्रेटर डोटीमा दिएको छु । यी सामग्री ढुवानी गर्न मात्रै एक लाख ८० हजार जति खर्च भएको छ ।’

विपतको बेला प्रचार ?

यसअघि सांसदहरु हिरा केसी र गंगा चौधरीले पनि नीलो रंगका अक्सिजन सिलिण्डरहरु आफ्नो व्यक्तिगत पहलमा जुटाएको भन्दै गृहजिल्ला पुर्याएका थिए । तर मन्त्री आलेले भने उनीहरुभन्दा एक कदम अगाडि बढेर आफ्नो फोटोसहितको स्टिकर टाँसेर व्यक्तिगत रुपमा सहयोग गरेको भनेर प्रचार गरे ।

यो पनि पढ्नुहोस खोइ चिनियाँ सिलिन्डर ? सांसदले लगे !

व्यक्तिगत खर्च गरेर जुटाए पनि विपतको बेला राहत तथा सहयोग सामग्रीलाई यसरी प्रचारको रुपमा प्रयोग गर्न नपाइने जानकारहरु बताउँछन् । भारतको उदाहरण हेर्ने हो भने त्यसरी प्रचार गरेमा अपराध गरेसरह कारबाही गर्ने आदेश अदालतबाट भएको छ ।

तर मन्त्री आले यो काममा आफ्नो आलोचना भए पनि केही फरक नपर्ने बताउँछन् । सहयोग सामग्री वितरण गर्न अहिले धनगढीमा आइपुगेको बताउँदै उनले भने, ‘मैले आफ्नो बालबच्चाको पेट काटेर किनेर दिन नपाउने ? अहिले राज्यसँग छैन । अर्डर गरेको छ, समयमा आउँदैन । देशभरी हेर्नुपर्ने छ । मेरा जनता दिनरात दुःख पाइराखेको छ, मरी राखेका छन्, अनि मैले सेवा गर्न नपाउने ? मेरो आलोचना गरे पनि केही फरक पर्दैन ।’

‘मन्त्रीलाई स्टिकर टाँसेको थाहा थिएन’

Top Comment Kamal २०७८ जेठ ११ गते १२:३३ निस्वार्थ र स्वच्छ भित्री मनले सहयोग गर्नेलाई फेसबुक र फोटोहरु आवश्यक पर्दैन । प्रचारको लागि गरिने देखावटी सहयोगहरुमा यस्ता प्रचारबाजीहरु देखिन्छ । विपतमा गरेको सहयोगको बदलामा आफ्नो व्यक्तिगत स्वार्थपूर्तिमा उपयोग गर्ने अपेक्षा कसैले नगरी दिनु होला । See All Add Comment

मन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले विद म्यानेजमेन्ट प्रालिबाट अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्री किनेर डोटी र धनगढी पठाइएको बताए । ‘अग्रिम १५ लाख रुपैयाँ सिलिण्डरको लागि र ३ लाख रुपैयाँ मास्कको लागि विद भन्ने कम्पनीलाई दिएर प्राप्त भएको सामग्री हो,’ मन्त्री आलेका प्रमुख स्वकीय सचिव रेग्मीले भने ।

‘डोटी अस्पताल र सेती प्रादेशिक अस्पतालले हामीलाई अभाव भएकाले व्यक्तिगत सहयोग गरिदिनुहुन आग्रह गरेको चिठी छ । त्यही चिठीको आधारमा मन्त्री आलेले चीनबाट सामान मगाएर बालाजुमा रहेको शंकर अक्सिजन प्लान्ट र ककनीको प्लान्टमा दुई रात लगाएर भरेर जिल्लामा पठाइएको छ,’ उनले भने ।

अक्सिजन सिलिण्डरलगायतका स्वास्थ्य सामग्रीमा मन्त्रीलाई थाहै नदिइकन आफूले नै फोटोसहितको स्टिकर टाँस्न लगाएको रेग्मीले बताए । उनले भने, ‘यी सामग्री कसले सहयोग गरेको रहेछ भनेर जनताले थाहा पाउन् भनेर सानो स्टिकर बनाएर टाँसेको हो । त्यो कुरा मन्त्रीज्यूलाई जानकारी पनि थिएन । त्यसको जिम्मा म लिन्छु ।’

यो पनि पढ्नुहोस चिनियाँ अक्सिजन सिलिण्डर घरमा थुपारेको आरोप खेप्ने सांसद को हुन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment