Comments Add Comment

कर्णालीमा ४८० संक्रमित थपिए, ३ जनाको मृत्यु

११ वैशाख, सुर्खेत । कर्णाली प्रदेशमा थप ४८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६०१ जनाको पीसीआर परीक्षण गर्दा २१५ जना र ७४१ जनाको एन्टिजेन परीक्षण गर्दा २६५ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा ३७७ जना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा हालसम्म कोरोना जित्नेको संख्या १३ हजार ७१७ पुगेको छ । जसमध्ये ६ हजार २९५ जना सक्रिय संक्रमित रहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै कर्णालीका विभिन्न जिल्लामा उपचाररत थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशभर थप ३ जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए ।

डा. खड्काका अनुसार मृतकमध्ये जुम्ला, सुर्खेत र सल्यानका एक/एकजना रहेका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१७ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment