Comments Add Comment

सुदूरपश्चिम प्रदेशको एमाले संसदीय दलको बैठक बस्ने तयारी

१२ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको एमाले संसदीय दलको बैठक बुधबार बस्ने तयारी छ । मंगलबार आपसी विवादका कारण बस्न नसकेको बैठक बुधबार बिहान साढे आठ बजेका लागि बोलाइएको हो ।

बैठकमा एमालेको स्थायी कमिटी बैठकले सोमबार सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको विषयमा छलफल हुने छ ।

सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले बैठकमा एमालेका सबै प्रदेशसभा सदस्यहरुलाई खबर गरिएको जानकारी दिए ।

माधव नेपाल पक्ष अनुपस्थित एमालेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेशको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि त्यसबारे छलफल गर्न मंगलबार पनि बैठक बोलाइएको थियो । तर माधव नेपाल पक्षका प्रदेशसभा सदस्यहरुलाई मात्रै बैठकमा बोलाइएको भन्दै विवाद भएको थियो । मंगलबार दुई पटकसम्म बैठक बस्ने प्रयास गरिए पनि सफल नभएपछि बुधबारसम्मका लागि स्थगित गरिएको थियो ।

एमालेको ओली पक्ष आफ्नै नेतृत्वमा सरकार गठनको कसरतमा रहे पनि एमालेकै माधव नेपाल पक्ष भने अहिलेकै सरकारलाई समर्थन दिने मनसायमा रहेको एमाले नेताहरु बताउँछन् ।

सुदूरपश्चिम प्रदेशमा आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता प्रकाश बहादुर शाह माधव नेपाल खेमाका नेता भीम रावल निकट मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment