Comments Add Comment

रूपन्देहीमा जेठ २० गतेसम्म निषेधाज्ञा लम्बियो

१२ जेठ, बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञा जेठ २० गतेसम्म लम्बिएको छ ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बुधबार बसेको बैठकले सिफारिस गरे अनुसार प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

गत वैशाख १६ गतेबाट शुरु भएको निषेधाज्ञा तेस्रोपटक पुनः एक हप्ता थप गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताए । निषेधाज्ञा जारी गरिएको अवधिभर अत्यावश्यक बाहेक सबै सेवा, पसल, ब्यवसाय बन्द गर्ने निर्णय गरेको थापाले बताए ।

निषेधाज्ञा अवधिभर मानिसहरु जम्मा हुन, भेला, सभा सम्मेलन आदि गर्न निषेध गरिएको छ । घरमा गरिने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, साँस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघटमा पनि प्रशासनले रोक लगाएको छ ।

शान्ति सुरक्षा,स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला ब्यवस्थापन, ईन्धन,एम्बुलेन्स, औषधीका सवारी साधन तथा सेवा भने सुचारु हुनेछन् ।

स्तै खाद्यान्न, ग्याँस, तरकारी, फलफुल र दुध लगायत दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको लागी उद्योग बाणिज्य संघ लगायतका संस्थाले ब्यवस्था मिलाउने र यस्ता वस्तुहरुको कृत्रिम अभाव सृजना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरुलाई कार्यवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment