Comments Add Comment

दुईवटा खरबुजाको मूल्य ३० लाख

जापानमा खरबुजा जातको युबारी मेलोन भनिने फल जम्मा दुईगोटा झण्डै ३० लाख रुपैयाँमा बिक्रि भएको छ । जापानको होक्काइडो प्रान्तमा हुने यो खरबुजाको वार्षिक परम्परागत लिलामीका क्रममा यो वर्ष दुई गोटा फल २७ ला जापानी येनमा बिक्रि भएको हो ।

यो मूल्य गत वर्षको भन्दा २२ गुणा बढि भएको लिलामी आयोजकले जनाएको छ । उच्च गुणस्तर तथा मीठो स्वादका लागि जापानमा नाम कमाएको युबारी मेलोन आम रुपमा पनि महंगो मूल्यमा बिक्रि हुन्छ ।

गत वर्षको लिलामीमा दुईगेडा युबारीको १ लाख २० हजार येन परेको थियो । जबकि त्यसभन्दा अघिल्लो वर्ष चाहीँ दुईगोटा युबारीलाई किर्तिमानी ५० लाख येन परेको थियो ।

युबारी मेलोन होक्काइडो प्रान्तको प्रतिष्ठाको विषयको रुपमा रहेको छ । यो फल अत्यन्तै चिसो तथा प्रतिकूल मौसममा फलाइन्छ । फल भित्राउने काम मे महिनामा सुरु भएर अगष्ट महिनामा सकिन्छ ।

यो वर्षको लिलामीमा कूल ४ सय ६६ दाना युबारी बिक्री भए । स्थानीय मिडियाका अनुसार यो पटक बच्चाका खानेकुरा उत्पादक कम्पनीले उच्चतम मूल्य तिरेर युबारी खरिद गरेको हो । लिलामीबाट खरिद गरिएका युबारीलाई कम्पनीले गोलाप्रथाद्वारा छानिएका आफ्ना ग्राहकलाई उपहार दिनेछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment