Comments Add Comment

बाल आश्रमलाई रमितको एक लाख सहयोग

कोरोना महामारीका कारण देशका विभिन्न स्थानमा रहेका बाल आश्रमहरु प्रभावित भएका छन् । दाताहरुको सहयोगबाट संचालन हुँदै आएका यस्ता बाल आश्रमहरु प्रभावित हुँदा बालबालिकाहरुको दैनिकी पनि प्रभावित भएको छ ।

कोरोनाका कारण बाल आश्रमहरु संचालनमा नै समस्या हुन थालेपछि नेपाली चलचित्रका कलाकारहरुले आफूले सकेको सहयोग गर्न थालेका छन् ।

निषेधाज्ञा हुनुभन्दा एक साता अगाडि मात्र नेपाल आएका नायक रमित ढुंगानाले जोरपाटीमा रहेको ‘बालबालिका महिला तथा शिक्षा सहयोगी फाउन्डेशन नेपाल’लाई एक लाख रुपैयाँ सहयोग गरेका छन् ।

विगत १३ बर्षदेखि यो संस्था चलाइरहेकी श्वेता केसीलाई नायक ढुुंगानाले एक लाख नगद सहयोग गरेका हुन् ।

उक्त बालगृहमा २५ जना अनाथ बालबालिकाहरु आश्रित रहँदै आएका छन् । रमितले आफूले महामारीको समयमा बाचौं र बचाऔं भन्ने उद्देश्य लिएर सहयोगी हात अगाडि बढाएको बताएका छन् ।

चाडै नै चलचित्र बनाउने तयारीमा रहेका नायक ढुंगानाले यो समयमा आफूले सकेको सहयोग सबैले गर्नुपर्ने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment