
१३ जेठ, काठमाडौं । सभामुख अग्नि सापकोटाले संसद विघटनका विषयमा परामर्श जारी राखेका छन् ।
यसअघि पूर्वसभामुखहरुसँग परामर्श गरेका उनले बिहीबार संविधान, कानून र न्यायिक क्षेत्रका विज्ञ, विशेषज्ञहरुसँग परामर्श थालेका हुन् । दिउँसो एक बजेदेखि संसद भवनको ल्होत्से हलमा परामर्श गर्न लागिएको सभामुखको सचिवालयले जनाएको छ ।
परामर्शका लागि नेपाल बार एशोसिएसनका पूर्वअध्यक्षहरु, वरिष्ठ अधिवक्ताहरुलगायतलाई बोलाइएको छ ।
सभामुख सापकोटाले यसअघि विज्ञप्ति जारी गरेर संसद विघटनलाई असंवैधानिक भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4