 
																			१४ जेठ, जनकपुरधाम । प्रदेश २ सरकारले ९ वटा बारुण यन्त्र (दमकल) किनेको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले ९ वटा दमकल खरिद गरेको मन्त्रालयका प्रवक्ता अवधकिशोर कुसवाहाले जानकारी दिए । उनका अनुसार एउटा दमकलको मूल्य झण्डै ५३ लाख रुपैयाँ परेको छ ।
खरिद गरिएका दमकल आठै जिल्लाका प्रशासन कार्यालयलाई उपलब्ध गराइनेछ । ‘प्रत्येक जिल्ला प्रशासन कार्यालयलाई एक–एक वटाका दरले दमकल उपलब्ध गराइनेछ,’ प्रवक्ता कुसवाहाले भने, ‘एउटा प्रदेश प्रहरी कार्यालयलाई उपलब्ध गराइनेछ ।’
कुसवाहाले चालु आ.ब.को बजेटमा यसका निम्ति बजेट उपलब्ध गराइएकाले खरिद गरिएको बताए । खरिद गरिएका दमकल बिहीबार अस्थायी राजधानी जनकपुरधाम पुगिसकेका छन् ।
यद्यपि कोरोनाकालको समयमा स्वास्थ्य सामग्री खरिद गर्नुपर्नेमा बारुण यन्त्र खरिद गरिएकोमा प्रदेश सरकारको आलोचला हुन थालेको छ ।
प्रदेश सरकारले यसअघि ५ वटा बस किनेको थियो । बस किनेको आठ महिना पुग्दा समेत सन्चालन हुन सकेको छैन ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4