Comments Add Comment

भारतमा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या ४४ दिनयताकै कम

१४ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) का नयाँ संक्रमितको संख्या ४४ दिनयताकै सबैभन्दा कम देखिएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका एक लाख ८६ हजार ३६४ नयाँ संक्रमित थपिएका छन् ।

उक्त अवधिमा भारतमा कोरोना संक्रमणको कारण ३ हजार ६६० जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ७५ लाख ५५ हजार नाघेको छ ।

त्यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ३ लाख १८ हजार ८९५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतको तामिलनाडुमा सबैभन्दा धेरै ३३ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै केरला र कर्नाटकमा नयाँ संक्रमितको संख्या २४ हजारभन्दा धेरै छ । महाराष्ट्रमा पनि २१ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि २२३ लाख ४३ हजारमा झरेको छ ।

अहिलेसम्म भारतमा २० करोड ५७ लाख डोजभन्दा धेरै कोरोना खोप मानिसहरुलाई दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment