+
+
Shares

सरकारको दावी– १ करोड डोज खोप किन्ने प्रकृयामा छौं, १५ दिनमै ब्रेक थ्रु हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १४ गते १९:१०

१४ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनबाट ५० लाख र अमेरिकाबाट ५० लाख डोज खोप खरिद प्रकृया अगाडी बढाइएको भन्दै केही दिनमै यो प्रकृयामा ब्रेक थ्रु हुने दावी गरेका छन् ।

स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रममा मन्त्री ज्ञवालीले केही देशले सहयोग घोषणा गर्ने र केही देशसँग खरिद प्रकृया सुरू हुन लागेकाले १५ दिनमा ‘ब्रेक थ्रू’ हुने दावी गरे ।

‘खोप खरीदका लागि मुख्य गरी चीन र अमेरिकामा केन्द्रित भएका छौं। चीनसँग ५० लाख र अमेरिकासँग ५० लाख गरी एक करोड डोज खरीदको योजना छ’ ज्ञवालीले भने ।

खोपका लागि नेपाल अनुदानमा मात्रै भर नपरी खरिद गर्न लागि मन्त्री ज्ञवालीले प्रष्ट्याए । त्यसका लागि अर्थ मन्त्रालयले ३६ अर्ब रुपैयाँ स्रोत सुनिश्चित गरिसकेको छ । अमेरिका, बेलायत लगायतका देश खोप दिन सकारात्मक रहेको भन्दै उनले भने, ‘सन् २०२१ को अन्तिमसम्म लक्षित समूहलाई खोप दिने लक्ष्यअनुसार विभिन्न देशमा पहल गरिरहेका छौं ।’

परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार चीनले अनुदानमा दिने भनेको १० लाख डोज खोप जुन २ तारिखमा काठमाडौं आइपुग्नेछ । चीन र नेपालका राष्ट्रपतिबीच सम्वाद भए लगतै चीनले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको थियो ।

यसअघि चीनले ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो, जसको दोस्रो डोज छुटेकाहरुले अहिले लगाइरहेका छन् ।

कोभिसिल्डको विकल्प खोजी

भारतले १० लाख डोज कोभिसिल्ड खोप अनुदानमा दिएपछि नेपालमा १४ माघबाट खोप अभियान सुरु भएको थियो । नेपालले सेरम इन्स्टिच्युट अफ इण्डियासँग २० लाख डोज खरिदको सम्झौता पनि गर्‍यो, तर १० लाख मात्र दिएको उसले बाँकी १० लाख तत्काल दिन नसक्ने बताएको छ ।

खोप नआएका कारण कोभिसिल्डको पहिलो डोज लगाएका १३-१५ लाख नागरिक दोस्रो डोज खोप लगाउन पाएका छैनन् । उनीहरुको लागि एस्ट्राजेनेकाको खोप ल्याउन पहल भइरहेको मन्त्री ज्ञवालीले बताए । एस्ट्राजेनेकाको खोप भारतबाहेक बेलायत, नेदरल्याण्ड, दक्षिण कोरिया जस्ता देशमा उत्पादन भएकाले त्यताबाट ल्याउन पहल भइरहेको उनको भनाइ छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाको निर्देशक डा. तारानाथ पोखरेलका अनुसार उत्पादन गर्ने देश फरक भएपनि फर्मुला एउटै भएकाले एस्ट्रेजेनिकाको खोप लगाउन मिल्ने विश्व स्वास्थ्य संगठनको सिफारिस छ । ‘फरक र्फमुला र फरक कम्पनीको खोप मिसाउन मिल्दैन, तर एस्ट्रेजेनिकाकै खोप भएकाले फरक देशमा उत्पादन भएपनि पनि लगाउन मिल्छ’ डा. पोखरेलले भने ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?