+

हङकङ सिक्सेसमा नेपालको दोस्रो हार, अब बाउल लिगमा खेल्ने

२०८२ कात्तिक  २२ गते ७:१३ २०८२ कात्तिक २२ गते ७:१३
हङकङ सिक्सेसमा नेपालको दोस्रो हार, अब बाउल लिगमा खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले हङकङ सिक्सेस क्रिकेटमा दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ।
  • नेपालले दिएको ५९ रनको लक्ष्य दक्षिण अफ्रिकाले ३.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो।
  • नेपाल मुख्य प्रतिस्पर्धाबाट बाहिरिएको छ र अब बाउल लिगमा प्रतिस्पर्धा गर्नेछ।

२२ कात्तिक, काठमाडौं । हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको हो ।

नेपालले दिएको ५९ रनको लक्ष्य दक्षिण अफ्रिकाले ३.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । ब्लेक सिम्पसनले सर्वाधिक अविजित ३० रन बनाए । नेपालका लागि लोकेश बमले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३.३ ओभरमा ५८ रनमा अलआउट भयो । राशिद खानले सर्वाधिक १६ रन बनाए । लोकेश बमले १४ तथा आदिल आलमले १३ रन बनाए ।

दक्षिण अफ्रिकाका अब्दुल्लाह बायोमी, ब्लेक सिम्पसन र जोरिक भान साकवायकले २-२ विकेट लिए ।

यसअघि नेपाल पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो । आजको हारसँगै नेपाल मुख्य प्रतिस्पर्धाबाट बाहिरिएको छ ।

अब नेपालसहित समूह चरण पार गर्न नसकेका चार टोलीहरू बाउल लिगमा भिड्नेछन् । बाउल लिगमा नेपालको दुई खेल आजै छ । यूएईसँग भोलि खेल्नेछ ।

त्यहाँबाट शीर्ष २ हुने टोलीले बाउल फाइनल खेल्ने छन् ।

हङकङ सिक्सेस क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय