Comments Add Comment

गणतन्त्र र संविधानमाथि संकट आइपरेको छ : सभामुख सापकोटा

१५ जेठ, काठमाडौं । सभामुख अग्नि सापकोटाले नेपाली जनताका प्रतिनिधिमार्फत् २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट घोषणा गरिएको गणतन्त्र जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल भएको बताएका छन् ।

गणतन्त्र दिवसको उपलक्ष्यमा एक शुभकामना सन्देश दिंदै सभामुख सापकोटाले गणतन्त्रलाई संस्थागत गर्ने संविधानको कार्यान्वयन गर्ने र संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी सिद्धान्तलाई संविधानले निर्दिष्ट गरेअनुसार कार्यान्वयन गर्नु र गराउनु राज्यको सर्वोच्च ओहोदामा रहेका पदाधिकारीहरुको पहिलो कर्तव्य भएको समेत उल्लेख गरेका छन् ।

‘हामी एकातिर गणतन्त्र र संविधानमाथि आइपरेको संकट र अर्कोतिर कोभिड–१९ महामारीबाट आक्रान्त छौं,’ सापकोटाले सन्देशमा भनेका छन्, ‘यस विषम परिस्थितिमा अझ जिम्मेवारीवोधका साथ अगाडि बढ्नु पर्ने आवश्यकता पैदा भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि अझ सुदृढ राष्ट्रिय एकता जरुरी भएको छ ।’

सभामुख सापकोटाले संविधान अनुरुप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन भएमात्र यसको औचित्य स्थापित हुने उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment