Comments Add Comment

खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट

१४ जेठ, काठमाडौं । सरकारले खोप र अक्सिजनको अभाव हुन नदिने प्रतिवद्धता जनाएको छ ।

आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।

उनले कोरोना रोकथाम, नियन्त्रण र उपचारको भरपर्दो व्यवस्था गर्ने बताएका छन् ।

सबै नेपालीको जीवन रक्षा गर्न सरकार प्रतिवद्ध रहेको भन्दै उनले कोभिड रोकथाम नियन्त्रण र खोप सुनिश्चितताका लागि अभाव हुन नदिने बताएका छन् ।

निःशुल्क परीक्षण र उपचारको व्यवस्था बिरामीको उपचारका लागि अक्सिजन प्लान्ट सिलिन्डर तरल अक्सिजन ढुवनी गर्ने व्यवस्था मिलाइने उनले बताए ।

१०० भन्दा बढी शय्या भएका अस्पतालमा अफ्नै प्लान्ट रँखन लगाउने नीति सरकारले लिएको छ ।

प्लान्ट राख्न निजी क्षेत्र र सामुदायिक क्षेत्रलाई लागतको ५० प्रतिशत अनुदान दिने घोषाण पनि बजेटले गरेको छ ।

यस्तै आइसीयू, एचडीयू लगायतका उपकरण खरिद गर्न ४ अर्ब विनियोजन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment