Comments Add Comment

सुनकोसी–मरिन डाइभर्सन आयोजनालाई साढे २ अर्ब बजेट, भेरी बबईलाई ३ अर्ब

१५ जेठ, काठमाडौं । सरकारले विभिन्न सिँचाइ आयोजनाका लागि बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि अध्यादेशबाट आएको बजेटमा सिक्टाइ सिँचाइ आयोजनाका लागि १ अर्ब ५६ करोड र रानीजमरा सिँचाइ आयोजनाका लागि २ अर्ब ३५ करोड बजेट दिइएको छ ।

महामाली सिँचाइ आयोजनाका लागि १ अर्ब २५ करोड, बबई सिँचाइ आयोजनाका लागि १ अर्ब ४४ करोड र अन्य साना सिँचाइ आयोजनाका लागि १ अर्ब ६१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सरकारले सुनकोसी–मरिन डाइभर्सन आयोजनाका लागि २ अर्ब ४६ करोड र भेरी बबई डाइभर्सनको लागि ३ अर्ब ७ करोड बजेट विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment