+
+
Shares

वार्षिक २० लाखसम्म कारोबार गर्नेलाई आयकरमा ९० प्रतिशत छुट

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १५ गते १८:५६

१५ जेठ, काठमाडौं । सरकारले वर्षमा २० लाखसम्म कारोबार गर्ने साना ब्यबसाय लाई आय करमा ९० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ ।

आगामी वर्षका लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले २० लाखदेखि ५० लाखसम्म करोबाबार गर्नेलाई आय करमा ७५ प्रतिशत छुट दिने घोषणा गरेका छन् । ५० लाख देखि १ करोडसम्म कारोबार गर्ने कम्पनी वा फर्मलाई आयकरमा ५० प्रतिशतसम्म छुट दिइने छ ।

कोभिडबाट अत्याधिक प्रभावित होटल, ट्राभल, चलचित्र उद्योग, सञ्चार, हवाई कम्पनीको करयोग्य आयमा एक प्रतिशत मात्रै आयकर लाग्ने व्ववस्था गरिएको छ ।

ती उद्योगहरुले नोक्सानी सार्न पाउने अबधि बढाएर १० वर्ष पुराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?