Comments Add Comment

‘म एक जनाले गर्दा अर्को एक जनाको ज्यान बचोस्’: पल शाह

पहिलो चरणको लकडाउन भएपछि समस्यामा परेका प्राविधिकलाई सहयोग गर्नेदेखि आम मानिसको सहयोगमा लागिपरेका नायक पल शाह हाल जारी निषेधाज्ञाको समयमा पनि सामाजिक कार्यमा सक्रिय छन् ।

पल दोश्रो चरणको कोरोनाका कारण अक्सिजनको अभाव भएर कोरोना संक्रमितहरुले ज्यान गुमाएको खबर सार्वजनिक भएसँगै हाम्रो टिम नेपालससँगको सहकार्यमा विभिन्न अस्पतालमा अक्सिजन पुर्याउने काममा सक्रिय रुपमा लागेका छन् । उनले, हाम्रो टिम नेपाललाई २ लाख रुपैयाँ सहयोग पनि गरेका थिए ।

पल शाह र हाम्रो टिम नेपालले काठमाण्डौका विभिन्न अस्पतालमा अक्सिजन सिलिन्डर पुर्याएको थियो । उनीहरुले बारा पुगेर अक्सिजन भरेर काठमाण्डौका अस्पतालमा वितरण गरेका थिए ।

उनै, पल शाह अक्सिजन लिएर दाङ पनि पुगेका छन् । दाङको अस्पतालमा पनि अक्सिजन सिलिन्डर पुर्याएका पल लेख्छन्–‘म एक जनाले गर्दा अर्को एक जनाको ज्यान बचोस् । हामी निरन्तर, सेवामा छौं ।’

नेपाली चलचित्र क्षेत्रका धेरै कलाकारहरुले लकडाउनको समयमा पनि आफूलाई मौन राखिरहेको समयमा केही कलाकारले भने सामाजिक कार्यमा आफूलाई सक्रिय रुपमा अगाडि बढाएको पाइन्छ । जसमा, नायक पल शाह सबैभन्दा अगाडि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment