Comments Add Comment

साढे ३ अर्ब रुपैयाँमा बिक्यो संसारकै महँगो हिरा

संसारकै सबैभन्दा दुर्लभ तथा आकर्षक मानिने वैजनी–गुलाबी हिरा झण्डै साढे ३ अर्ब रुपैयाँमा बिक्री भएको छ । १५.८१ क्यारेटको उक्त हिराको नाम द साकुरा हो ।

क्रिस्टी अक्सन हाउसले हंगकंगमा गरेको लिलामीका क्रममा उक्त दुर्लभ हिरा २ करोड ९३ लाख डलरमा बिक्री भएको हो । त्यससँगै द साकुरा संसारको सबैभन्दा महँगो पर्पल पिंक हिरा बन्न सफल भएको छ ।

यो हिरा संसारमा अहिलेसम्म पाइएको मध्ये सबैभन्दा ठूलो बैजनी–गुलाबी हिरा भएको हुनाले पनि यो निकै विशेष हुन गएको हो । चेरी फुल्ने जापानी शव्दबाट नामाकरण गरिएको उक्त हिरा एउटा सामान्य प्लाटिनम तथा सुनको औँठीमा राखिएको छ ।

गतवर्ष १४.८ क्यारेटको पर्पल पिंक हिरा द स्पिरिट अफ रोज झण्डै ३ अर्ब १३ रुपैयाँ बराबरको मूल्यमा बिक्रि भएको थियो। द साकूराले उक्त हिराको रेकर्ड भंग गरेको हो ।

उक्त हिरालाई एसियाली खरीदकर्ताले किनेको बताइएको छ । तर लिलाम घरले खरीदकर्ताको बारेमा थप जानकारी सार्वजनिक गरेको छैन ।

सिएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment