Comments Add Comment

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे महन्थ ठाकुर र राजेन्द्र महतो

हात मिलाएर आ–आफ्नो बाटो लागौं : बाबुराम भट्टराई

१७ जेठ, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । भेटमा सरकारमा सहभागीताको विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

ठाकुर र महतो ओली नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा छन् । सोमबारको भेटमा मन्त्रालय बाँडफाँटमा केन्द्रित हुने स्रोतले जनायो ।

यसैबीच जसपाका अर्का अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी विभाजनको संकेत गर्दै आ–आफ्नो बाटो लाग्न आग्रह गरेका छन् । ‘भेंडा भेंडासँग र बाख्रा बाख्रासँग हुन दिऊँ । हात मिलाएर आ–आफ्नो बाटो लागौं । हिंडिरहे फेरि भेट हुनेछ,’ भट्टराईले ट्वीटरमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment