Comments Add Comment

भोलि खुल्ने भनिएको चीनसहितका देशमा हवाई उडान अनिश्चित

१७ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले एक साताअघि मन्त्रिपरिषद्बाट १८ जेठबाट तीन मुलुकका लागि नियमित हवाई उडान खुलेको जानकारी गराएका थिए ।

तर, सो निर्णय कार्यान्वयन गराउने निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणमा अहिलेसम्म पुगेको छैन । जसले गर्दा तत्काल नियमित हवाई उडान नहुने निश्चित भएको छ । १४ जेठमा मन्त्री ढकालले मन्त्रिपरिषद् बैठकबाट चीन, कतार र टर्कीमा नियमित उडान खुल्ने निर्णय भएको सार्वजनिक गरेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले यो निर्णय कार्यान्वयनमा आउन अझै एक साता लाग्ने जानकारी दिए । ‘नियमित उडान खोल्ने निर्णय त भयो, तर उडान व्यवस्थापनसम्बन्धी तयारीका काम परा नभएका कारण भोलिबाट नै उडान नहुने भयो’ उनले भने ।

अधिकारीका अनुसार क्वारेन्टिन व्यवस्थापन, वायुसेवा कम्पनीलाई दिने उडान अनुमति संख्या लगायत विषयको टुंगो अझै लागेको छैन ।

जसले गर्दा १८ जेठदेखि तीन मुलुकमा हुने भनेको उडान नियमित नहुने निश्चित भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार सोमबारसम्म उडान सञ्चालन गर्नेबारे कुनै निर्णय आएको छैन ।

सोमबार वा मंगलबार निर्णय आएपछि उडान व्यवस्थापन मिलाउन कम्तीमा एक साताको समय लाग्छ । सोही कारण एक साता तोकिएका मुलुकमा समेत नियमित उडान नहुने निश्चित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment