+
+

रौतहटका थप ५ कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १७ गते १८:४७

१७ जेठ, रौतहट । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट रौतहटका थप ५ जनाको मृत्यु भएको छ । गौरमा रहेको अस्थायी कोभिड अस्पतालमा तीनजना र जिल्ला बाहिर दुईजनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

गौरको अस्थायी कोभिड अस्पतालमा बौधीमाई नगरपालिका–३ की ३२ वर्षीया, राजपुर–६ की ३२ वर्षीय महिला र चन्द्रपुर–१० का ५२ वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्गाभगवती गाँउपालिका–३ का ५५ वर्षीय पुरुषको काठमाडौं र मौलापुर नगरपालिका–६ का ४१ वर्षीय पुरुषको वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ ।

कोरोना संक्रमणका कारण हालसम्म रौतहटका ९९ जनाले ज्यान गुमाएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गौर अस्पतालको पीसीआर ल्याबमा ७१ जनाको नमुना परीक्षण गर्दा ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

रौतहटमा कोरोनाका सक्रिय संक्रमितको संख्या ७५८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?