+
+
Shares

भारतमा दैनिक नयाँ संक्रमितको संख्या एक लाख २७ हजारमा झर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १८ गते १२:२६

१८ जेठ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का नयाँ संक्रमितको संख्या एक लाख २७ हजारमा झरेको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार उक्त अवधिमा भारतमा कोरोनाका एक लाख २७ हजार ५१० नयाँ संक्रमित थपिएका हुन् ।

उक्त अवधिमा भारतमा कोरोना संक्रमणको कारण २ हजार ७९५ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या २ करोड ८१ लाख ७५ हजार नाघेको छ । अहिलेसम्म भारतमा कोरोना संक्रमणको कारण ३ लाख ३१ हजार ८९५ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा भारतको तामिलनाडुमा कोरोनाका २७ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

कर्नाटकमा नयाँ संक्रमितको संख्या १६ हजारभन्दा धेरै देखिएको छ भने महाराष्ट्रमा पनि १५ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । भारतमा कोरोनाका संक्रिय संक्रमितको संख्या पनि १८ लाख ९५ हजारमा झरेको छ ।

भारतमा अहिलेसम्म २१ करोड ६० लाख डोजभन्दा धेरै कोरोना खोप मानिसहरुलाई दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?