Comments Add Comment

ज्यास्मिन हाइजिनले ल्यायो सेफ्टी इनसिनेटर मेसिन

स्यानेटरी व्यवस्थापनको समस्या समाधान  गर्न  ज्यास्मिन हाईजिनले सेफ्टी इनसिनेटर मेसिन  ल्याएको  छ । जसले एक दिनमा १०० प्याड सम्म डिस्पोज गर्न सक्दछ ।

यो  मेसिन विद्युतबाट संचालित हुन्छ  र प्रयोगकर्ता मैत्री पनि छ।  जब प्रयोगमा आउदैन यो मेसिन स्वचालित रूपमा बन्द हुन्छ ।  यसमा  खरानी सफा गर्ने  ट्रे  समेत समावेश छ ।  यसले  ब्याक्टेरिया र  गन्ध समेत हटाउँदछ । यसबाट आउने  खरानी  जुन मलको रूपमा समेत प्रयोग गर्न सकिन्छ र यो  पानीमा सजिलैसँग घुल्ने गर्दछ।

ज्यास्मिन हाइजिनका प्रबन्ध निर्देशक श्री पुनित सारदाले भने, “ नेपालमा सेनेटरी प्याडको प्रयोग बिस्तारै बढ्दैछ र प्रयोग भएका सेनेटरी प्याडको उचित व्यवस्थापन गर्नु सधै एउटा समस्याको बिषय  हो । ती समस्याहरुलाइ बुझेर हामीले सेफ्टी सेनेटरी प्याड ईन्सेनेरेटर ल्याएका छौं, जसले सेनेटरी फोहोरलाई जलाउछ र वातावरणीय फोहोरलाई न्यूनतम पार्छ।  हामी ज्यास्मिन हाइजिन , सधै  विश्लेषण र खोज  गरिरहेका हुन्छौ कि  कसरी उत्तम  तरिकाले सबैले महिनावारि संभावित सबै शिर्षक लाई  सहज  गर्न सकिन्छ  भनेर ,  ईन्सेनेटरको प्रयोग यसको एक पाइला हो । स्कूल, सरकारी तथा कर्पोरेट कार्यालयहरू, शपिंग मल लगायत सार्वजनिक शौचालयहरूमा समेत यसलाइ सजिलै राख्न सकिन्छ र यो  प्रयोग गर्न पनि एकदमै सजिलो छ।’

ज्यास्मिन हाईजlनले हालसालै सेफ्टी सेनेटरी प्याड भेन्डिङ  मेसिन पनि ल्याएको थियो, जसबाट आवश्यक परेको समयमा किराना पसल  वा फार्मेसीमा गए बिना नै   सहज रुपमा स्यानेटरी प्याडको प्रयोग गर्न सक्ने पहुँच बनाएको छ  ।  कार्ड वा  सिक्काको प्रयोग बाट सजिलै  मेसिनबाट सेनेटरी प्याड  प्राप्त गर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment