Comments Add Comment

मेरो विचारमा मेसी बार्सिलोनामै बस्नेछन् : अगुएरो

१८ जेठ, काठमाडौं । बार्सिलोनामा अनुबन्धित भएपछि अर्जेन्टिनी खेलाडी सर्जियो अगुएरोले आफ्नो कन्ट्रीमेट लिओनल मेसीसँग खेल्ने आशा व्यक्त गरेका छन् । सोमबार अगुएरोले बार्सिलोनाबाट खेल्ने आफ्नो बच्चैदेखिको सपना पूरा गर्दा खुशी थिए । साथै उनले आफ्नो नजिकको साथी मेसीसँगै खेल्ने आशा समेत व्यक्त गरे ।

इङ्लिस क्लब म्यानचेष्टर सिटीबाट अगुएरो फ्रि ट्रान्सफरमा बार्सिलोना पुगेका हुन् । जहाँ उनले २ वर्षको सम्झौता गरेका छन् र कयाटलान क्लबको उनको रिलिज क्लब १०० मिलियन युरो तोकेको छ ।

‘मेसीसँगै खेल्ने आशा छ तर हामी केही कुरामा छलफल गररहेका छौं,’ अगुएरोले आफ्नो साथीबारे प्रिसेन्टेसनमा भने, ‘तर क्लबसँग त्यो उनको निर्णय हो । यो खुशीको कुरा हो र सँगै खेल्न पाउँदा गर्व गर्छु । म उनीसँग बसें र उनलाई धेरै राम्रोसँग चिन्छु ।’

अगुएरोले मेसी क्लबमै बस्ने विश्वास व्यक्त गरे । ‘मेरो विचारमा उनी बार्सिलोनामै बस्नेछन् । म हरेक दिन उनीसँग कुरा गर्छु तर भन्न सक्दिन हामी के कुरा गर्छौं । उनले मलाई बधाई दिए,’ अगुएरोले भने, ‘मैले सानैदेखि उनलाई चिन्छु । हरेक दिन उनीसँग प्रशिक्षण गर्थें । राष्ट्रिय टिममा कहिलेकाहीं हुन्थ्यो । यहाँ सधैं हुनेछ ।’

अगुएरोले बार्सिलोनामा अनुबन्ध हुन पाउँदा खुशी व्यक्त गर्दै महत्वपूर्ण उपाधि जित्न मिहिनेत गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment