Comments Add Comment

वर्ल्ड भिजनद्वारा सुदूरपश्चिममा एक करोड ६० लाखको स्वास्थ्य सामग्री सहयोग

१८ जेठ, डोटी । दोस्रो लहरको कोरोना संक्रमण रोकथाम तथा उपचारका लागि वर्ल्ड भिजन इन्टरनेसनल नेपाल नामक संस्थाले सुदूरपश्चिम प्रदेशमा एक करोड ६० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

स्वास्थ्य संस्थाहरुमा अक्सिजन लगायतका स्वास्थ्य सामग्रीहरुको अभाव रहेकोे गुनासो आइरहेका बेला अक्सिजन लगायतका स्वास्थ्य सामग्रीहरु सहयोग गरिएको संस्थाका कोभिड–१९ प्रतिकार्य प्रबन्धक तथा फिल्ड अपरेसन म्यानेजर चेतराज भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार चार सय ४० अक्सिजन सिलिन्डर, १० अक्सिजन कन्सन्ट्रेटर, ३८० इन्फ्रारेड थर्मामिटर, ३८० पल्स अक्सिमिटर, ४०५ पीपीई सेट, २५ वटा बेड, मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री संस्थाले सहयोग गरेको छ ।

ती सामग्री सुदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई हस्तान्तरण गरिएको छ । बाँकी सामग्री कैलाली, कञ्चनपुर, अछाम, डोटी र बझाङका कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई हस्तान्तरण गरिएको भट्टराईले बताए ।

स्वास्थ्य सामग्री बुझ्दै मुख्यमन्त्री भट्टले कोभिड संक्रमितहरुको जीवनरक्षा र महामारी नियन्त्रणका लागि यी सामग्रीको सही सदुपयोग गरिने बताए । प्राप्त भएका स्वास्थ्य सामग्री आवश्यकता अनुसार प्रदेशका विभिन्न जिल्लाका पठाइने मुख्यमन्त्री भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment