
१८ जेठ, काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको निधनप्रति नेपाली कांग्रेस दुःख व्यक्त गरेको छ ।
कांग्रेसले मंगलबार विज्ञप्ति जारी गर्दै एक उदयमान युवा नेताका रुपमा आफूलाई स्थापित गर्न सफल थापाको निधनले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको बताएको छ ।
कोरोना संक्रमित भएर अस्पतालमा उपचाररत थापाको मंगलबार दिउँसो निधन भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4