Comments Add Comment

अष्ट्रेलियाको भिक्टोरियामा लम्ब्याइयो लकडाउन

१९ जेठ, काठमाडौं । अष्ट्रलियाको भिक्टोरिया राज्यमा कोरो भाइरस (कोभिड-१९)को संक्रमण नियन्त्रणका लागि लगाइएको लकडाउन एक साता थपिएको छ ।

अहिले पनि मानिसहरु कोरोनाबाट संक्रमित भइरहेको कारण लकडाउन थप एक साता लम्ब्याउने निर्णय भएको बताएका छन् । अब भिक्टोरियामा जुन १० सम्म लकडाउन जारी रहनेछ ।

भिक्टोरियामा भारतमा भेटिएको कोरोनाको नयाँ भेरियन्ट फेला परेसँगै यसअघि एक साताको लागि लकडाउन गरिएको थियो । तर, दिनहुँ कोरोनाका नयाँ संक्रमति देखिइरहेपछि उक्त लकडाउन एक साताका लागि थप गर्न लागिएको हो।

बुधबार भिक्टोरियामा कोरोनाका ६ नयाँ स्थानीय संक्रमित फेला परेका थिए । ‘मलाई थाहा छ कि सबैले सुन्न चाहेको समाचार यो होइन । तर, हामीमाझ बढिरहेको कोरोना संक्रमणबीच सरकारसँग कुनै विकल्प पनि बाँकी छैन’, भिक्टोरियाका कार्यवाहक प्रिमियर जेम्स मिर्लनोले बताए ।

‘हामीले लकडाउन गरेनौं भने अवस्था हाम्रो नियन्त्रणभन्दा बाहिर जान्छ । कोरोनाको यो भेरियन्ट नियन्त्रण गर्न नसकिने अवस्थामा पुग्छ र मानिसहरुको मृत्यु हुन थाल्छ’, उनले थपे ।

अबको थप एक साता भिक्टोरियामा मानिसहरु आवश्यक कामबाहेक बाहिर निस्किन पाउने छैनन् । कोरोनाको महामारी आएपछि भिक्टोरियामा चौथोपटक लकडाउन गरिएको हो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment