+
+

एभरेष्ट बैंकद्वारा बेलायतको श्पुन रेमिटसँग रेमिट्यान्स सेवा प्रदान गर्न सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १९ गते २१:५१

एभरेष्ट बैंकले बेलायतमा रहेको अनलाइन मनी ट्रान्सफर सेवा श्पुन रेमिटसँग बेलायतबाट नेपालमा पैसा पठाउनका लागि रेमिट्यान्स सेवा प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । सो सम्झौता पत्रमा बैंकका सहायक महा प्रबन्धक आशुतोष शर्मा र श्पुन रेमिटका प्रबन्ध निर्देशक वहिदोल्लह साफि ले संयुक्त रुपमा हस्ताक्षर गरे ।

श्पुन रेमिट अनलाइन प्रोडक्ट र ट्रेडिङ्गको लागि दर्ता गरिएको एम।ए. फास्टमोव अन्तर्गतको नाम हो । जुन वेबका साथै मोबाइल एप्लिकेशनको दुबै एन्ड्रोइड र आई।ओ।एस.मा उपलब्ध रहेको छ । अब बेलायतमा रहेका रेमिटरहरुले आफुलाई श्पुन रेमिटमा दर्ता गरी एभरेष्ट रेमिटबाट सजिलै नेपालमा पैसा पठाउन सक्नेछन् ।

यस साझेदारीले बैंकको सेवाहरु बेलायतमा पनि बिस्तार गर्नुका साथै बैंकका रेमिट्यान्सका ग्राहकहरुलाई थप सुबिधा प्रदान गर्नमा मद्दत गर्ने बैंकले जनाएको छ । श्पुन रेमिटबाट प्राप्त गरिएको रेमिट्यान्स,नेपालको कुनै पनि बैंकबाट बैंक डिपोजिट मार्फत वास्तविक समयमा कुनै पनि बेला भुक्तानी गर्न र नेपाल भरी फैलिएको ९००० भन्दा बढी पे आउट एजेन्टहरु र बैंकको १०३ वटा मध्ये कुनैपनि शाखाबाट नगद भुक्तानी लिन सकिने पनि बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?