+
+
Shares

मृतक संक्रमितको परिवारलाई ककनी गाउँपालिकाले किरिया खर्च दिने

रासस रासस
२०७८ जेठ २० गते १३:१९

२० जेठ, त्रिशूली । नुवाकोटको ककनी गाउँपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई किरिया खर्चवापत २५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । यस्तै कोरोना संक्रमण पुष्टि भएका व्यक्तिलाई ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

गाउँ कार्यपालिकाको बुधबारको बैठकले कोरोनाबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई स्थानीय सरकारका तर्फबाट किरिया खर्चवापत २५ हजार दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले जानकारी दिए ।

उनका अनुसार समुदायमा कोरोना सङ्क्रमण फैलिसकेको पुष्टि भएको तर, शंकास्पद लक्षण भएका तथा संक्रमित व्यक्तिको सम्पर्कमा जोडिएका व्यक्तिलाई परीक्षणका लागि गरिएको आह्वानमा उदासीनता देखाएका कारण परीक्षण गराउनका लागि प्रोत्साहन जगाउन सङ्क्रमित पुष्टि भएकालाई ५ हजार दिने निर्णय गरिएको हो ।

उक्त खर्चका लागि गाउँपालिकाको विपद् व्यवस्थापन कोषको रकम परिचालन गरिने र अपुग भएमा आन्तरिक स्रोत परिचालन गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा पछिल्लो एक साताको अवधिमा कोरोनाबाट तीन जनाको मृत्यु भएको र सङ्क्रण दर अनपेक्षित रूपमा बढेसँगै नियन्त्रणका लागि आवश्यक सबै कदम चाल्न लागिएको उपाध्यक्ष सीता खतिवडाले बताइन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?