२० जेठ, काठमाडौं । म्यानमारको सेनाले दुई पत्रकारलाई गलत समाचार फैलाएको आरोपमा जेल सजाय दिएको छ । म्यानमारमा भइरहेको सेनाविरुद्धको प्रदर्शनलाई दबाउने क्रममा सेनाले पत्रकारहरुलाई जेल हालेको हो ।
बुधबार म्यानमारको दक्षिणी म्याइकमा रहेको सैन्य अदालतले औङ क्याव र जा जा लाई दुई वर्षको जेल सजाय सुनाएको हो । गत फेब्रुअरीमा सेनाले ‘कू’ गरेपछि पत्रकारद्वयले गरेको रिपोर्टिङको कारण देखाउँदै उनीहरुलाई जेल सजाय सुनाइएको हो ।
Mizzima condemns jail sentence of journalist | #Mizzima #Myanmar News and Insight https://t.co/taNRTgApZb pic.twitter.com/CDHTXx941t
— Mizzima News (@MizzimaNews) June 2, 2021
म्यानमारमा सेनाले प्रजातन्त्रवादी नेताहरुलाई हिरासतमा लिँदै ‘कू’ गरेसँगै निरन्तर सेनाविरुद्ध प्रदर्शन हुँदै आएको छ । प्रदर्शनको क्रममा अहिलेसम्म ८४१ जनाको मृत्यु भइसकेको एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)ले बताएको छ ।
म्यानमारमा सेनाले ‘कू’ गरेपछि अहिलेसम्म ८७ पत्रकार पक्राउ परिसकेका छन् भने ५१ पत्रकार अझै पनि हिरासतमा छन् ।
अन्तर्राष्ट्रिय समुदायले निरन्तर म्यानमारको सेनाको आलोचना गर्दै निर्वाचित सरकारलाई अधिकार फिर्ता गर्न दबाब दिँदै आएका छन् । सेनाले भने म्यानमारको संविधानको रक्षाको लागि यो कदम उठाउन जरुरी देखिएको दाबी गर्दै आएको छ ।
प्रतिक्रिया 4