Comments Add Comment

शिकार खेल्दा बन्दुकको छर्राले लागेर साथीको मृत्यु भएपछि फरार चारजना पक्राउ 

२० जेठ, विराटनगर । शिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्राले लागेर साथीको मृत्यु भएपछि फरार रहेका चारजना पक्राउ परेका छन् । घटनापछि फरार रहेका चारजना पक्राउ परेका हुन् । प्रहरीले चारवटा भरुवा बन्दुक पनि फेला परेको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको टोलीले केराबारी र लेटाङबाट चारजनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक  मानबहादुर राईका अनुसार  मोरङको केराबारी गाउँपालिका–३ का ४४ वर्षीय डिकबहादुर राई, ३६ वर्षीय बुद्धवीर लिम्बू, १९ वर्षीय रामप्रसाद राई र लेटाङ नगरपालिका–१ का १९ वर्षीय विपन लिम्बू पक्राउ परेका हुन् ।

शिकार खेल्न सँगै गएका साथीको बन्दुकको छर्राले लागेर मृत्यु भएपछि उनीहरु हतियार लुकाएर फरार भएका थिए । उनीहरुले लुकाएको हतियार पनि फेला पारेको उनले बताए ।

गत वैशाख ८ गते राति १० जनाको समूह केराबारीको बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा वन्यजन्तुको शिकार खेल्न गएको थियो । मृगलाई ताकेर हानेको बन्दुकले छर्राले  केराबारी–३ का ३२ वर्षीय हस्त राईको घटनास्थलमै मृत्यु भएको थियो । ३७ वर्षीय गजेन्द्र राईले मृगलाई हानेको भरुवा बन्दुकको छर्राले हस्तलाई लागेको थियो ।

घटना भएको भोलिपल्ट गजेन्द्र र २६ वर्षीय रुविन लिम्बू एक नाल भरुवा बन्दुकसहित पक्राउ परेका थिए । अनुसन्धानकै क्रममा पक्राउ परेका दुई जनाले दिएको बयानका आधारमा प्रहरीले फरार रहेका अरुको खोजी गरिरहेको थियो । घटनामा संलग्नमध्ये तीन जना अझै फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment