+

विश्वकप छनोट : ब्राजिलले इक्वेडरलाई २-० गोलले हरायो

२०७८ जेठ  २२ गते १४:०४ २०७८ जेठ २२ गते १४:०४
विश्वकप छनोट : ब्राजिलले इक्वेडरलाई २-० गोलले हरायो

२२ जेठ, काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी क्षेत्रको छनोटमा ब्राजिलले शतप्रतिशत जित हात पारेको छ । ब्राजिलले शनिबार बिहान सम्पन्न खेलमा इक्वेडरलाई २–० गोलले पराजित गरेको हो ।

दुवै गोल दोस्रो हाफमा भएको खेलमा नेपालले एक गोल गर्नुका साथै असिस्ट समेत गरे । अर्को गोल रिचालिर्सनले गरे ।

रिचालिर्सनले ६५औं मिनेटमा नेमारको पासमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । नेमारले इन्जुरी समयको चौथो मिनेटमा पेनाल्टीमा गोल गरे ।

छनोटमा लगातार पाँचौ जित हात पारेको ब्राजिल १५ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट ११ अंकसहित अर्जेन्टिना दोस्रो स्थानमा छ भने ९ अंक जोडेको इक्वेडर तेस्रो स्थानमा छ ।

ब्राजिल विश्वकप छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय