+
+

कोभिड महामारीयता बार्सिलोनामा गुञ्जिएको नेपाली संगीत 

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २३ गते ५:४७

२३ जेठ, बार्सिलोना । कोराना भाइरसको कारण डेढ वर्ष यता स्पेनको पर्यटकीय सहर वार्सिलोना सुनसान देखिन्थ्यो। केन्द्रीय सरकारले लगाएको कर्फ्यूका कारण मानिसहरु अति आवश्यक कामबाहेक घरभित्र नै सीमित थिए। तर तीन साताअघि संकटकाल हट्यो । कोरोनाविरुद्वको नियन्त्रण खुकुलो हुँदै गयो। योसँगै लामो समयपछि नेपाली संगीतको धुन शनिबार वार्सिलोनाको आर्के तुरिममा गुञ्जिएको छ। नेपाली गीत संगीतमा कलाकारहरुले नृत्य प्रस्तुत गर्दा स्पेनिश लगायत विदेशीहरुले चासोपूर्वक हेरेका थिए।

अन्तरसाँस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको संस्था कासाल दे बार्रिर ट्रान्सफोरमाडोरले आयोजना गरेको कार्यक्रममा कास्की आर्दश समाज स्पेनले पनि सहभागिता जनाएको छ । विभिन्न मुलुकहरुको कला, संस्कृति,भेषभुषा तथा रहनसहन झल्कने कार्यक्रममा समाजले नेपाली समुदायको प्रतिनिधित्व गरेको हो।

कार्यक्रममा नेपाली समुदायको तर्फबाट सन्तोष पौडेलले नेपाल सम्बन्धी परिचय, सगरमाथा, गौतम बुद्वको जन्मथलो लगायत स्पेनका पर्वतारोहीहरुले नेपालका हिमाल चढ्न सुरु गरेको इतिहासलाई समेत कार्यक्रममा प्रष्ट पारेका थिए ।

कार्यक्रममा प्रिन्सी केसीले जिन्दगानी “दर्पण छाया” दिया भण्डारीले “गाउँकी गोरी रे”, कुमार गुरुङ र देवी भण्डारीले ‘चट्ट रुमाल’ बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए।

समाजका अध्यक्ष बल बहादुर कार्कीले स्पेन लगायत, अफ्रिकी, दक्षिण अमेरिकी लगायत विश्वका विभिन्न मुलुकबाट  सहभागिता भइरहेको बेला नेपाललाई पनि कुनै न कुनै रूपमा नेपाल चिनाउन अन्तरसाँस्कृतिक कार्यक्रममा भाग लिएको बताए । उनले भने, ‘नेपाल सानो मुलुक भए पनि सांस्कृतिक विविधता सहित घुम्नका लागि उपयुक्त छ भन्ने सन्देश हामीले दिएका हौं।”

अध्यक्ष कार्कीले कोभिडका कारण सामाजिक दुरीलाई कायम गर्नुपर्ने हुँदा सिंगो नेपाली समुदायलाई खबर गर्न नसकेको बताए। ‘अहिलेको अवस्थामा न्यून संख्यामा हामीले उपस्थिति जनाउन बाध्य भयौं तर सिंगो नेपाललाई प्रस्तुत गर्न सकेकोमा धेरै खुशी छौं।’ अध्यक्ष कार्कीले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?