+
+
Shares

ईश्वर पोखरेल भन्छन्ः ‘सबैतिर छ पार्टी, तर काहीँ छैन पार्टी’को अवस्था बदल्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २३ गते ११:०८

२३ जेठ, काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले ‘सबैतिर छ पार्टी, तर काहीँ छैन पार्टी’को अवस्थालाई बदल्नुपर्ने बताएका छन् । ३ वर्ष ३ महिना ७ दिन सरकारमा रहँदा आफूले गरेका कामहरूको विवरण सार्वजनिक गर्दै मन्त्री पोखरेलले पार्टीको यो अवस्था बदल्नको लागि पार्टीको महासचिवको हैसियतले आफूले अभियान चलाउनु पर्ने उल्लेख गरेका छन्।

पार्टी एकता संकटमा परेको भन्दै उनले पार्टी एकतालाई जोगाउनुपर्ने आवश्यकता रहेको पनि उल्लेख गरेका छन् ।

उपप्रधानमन्त्रीको हैसियतमा रहँदा आफूले सम्हालेको ‘उच्चस्तरीय समन्वय समिति’ र ‘कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)’मा संयोजकको भूमिकामा काम गरेका पोखरेलले सीसीएमसीको संयोजकको रूपमा प्राप्त सात महिनाको पारिश्रमिक ४ लाख ५६ हजार ४०० रुपैयाँ कोभिड कोषमा बुझाएको बताएका छन् ।

मन्त्री हुँदा प्राप्त सबै सेवा सुविधाहरू सम्बन्धित ठाउँमा आइतबार (२३ जेठमा) बुझाइसकेको भन्दै पोखरेलले यस अवधिमा पार्टीको कोषमा आफूले ६ लाख ५ हजार रुपैयाँ योगदान गरेको उल्लेख गरेका छन् । शनिबार नै मन्त्री क्वार्टर समेत खाली गरिसकेको उनले बताएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?