Comments Add Comment

करिश्माको प्रश्न–‘बहुल राष्ट्रिय राज्यको आवश्यकता किन’ ?

नायिका करिश्मा मानन्धरले बहुल देश भनेको के हो भनेर प्रश्न गरेकी छिन् । सामाजिक संजालमार्फत उनले यसको आवश्यकता किन छ भनेर पनि प्रश्न सोझाएकी छिन् ।

जनता समाज पार्टीका नेता राजेन्द्र महत्तो उपप्रधानमन्त्रीमा नियुक्त भएसँगै उनले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनका लागि मुक्ती आन्दोलन गर्ने अभिव्यक्ति दिएका थिए । यो अभिव्यक्ति अहिले सर्वत्र विरोध भैरहेको छ ।

नायिका करिश्मा मानन्धरले महत्तोको भनाइप्रति लक्षित गर्दै लेखेकी छिन्–‘गरिब भए पनि गौरव थियो । एकता थियो । बहुल राज्य ठिक छ । तर, बहुल राष्ट्रिय राज्य भनेको के हो । यो किन आवश्यक छ ?’ करिश्माले प्रश्न गरेकी छिन् ।

नायिका मानन्धरले नेपाल गरिब देश भएपनि यसको गौरब रहेको र एकता पनि रहेको भन्दै अहिले यसमा संकट आइपरेको तर्फ संकेत गरेकी छिन् । सामाजिक संजालमा करिश्माले देशको समसामयिक बिषयमा पनि आफ्नो भनाई सार्वजनिक गर्दै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment