Comments Add Comment

भूवनको फेरिएको गेटअप फिल्ममा कहिले ?

नायक भूवन केसीले चलचित्र ‘मिस्टर नेपाली’मा खलनायकको रुपमा काम गरे । तर, यो चलचित्रमा उनको भूमिकालाई लिएर दर्शकले कुनै चासो देखाएनन् । उनी, यो चलचित्रको पत्रकार सम्मेलनमा फरक गेटअपसहित प्रस्तुत भएका थिए ।

सो समयमा भूवनले चलचित्र ‘एन्टी हिरो’मा आफू खलनायकको रुपमा देखिन लागेकाले गेटअप परिवर्तन गरेको बताएका थिए । तर, अब यो चलचित्र बन्ने वा नबन्ने कुनै टुंगो छैन । भूवन केसीकै होम प्रोडक्शनको रुपमा बन्ने यो चलचित्रमा नायक अनमोल केसीको मुख्य भूमिका रहने बताइएको थियो । तर, नायक भूवन केसीले यसपछि २ वटा चलचित्र निर्माणको घोषणा गरिसकेका छन् ।

भूवनले चलचित्र ‘माइतीघर २’मा पनि आफूले काम गर्न लागेको बताएका थिए । यो चलचित्रमा भूवन कस्तो भूमिकामा देखिने हुन् भन्ने कौतुहलता दर्शकमा पैदा भएको थियो । तर, यो चलचित्रका निर्देशक सुवोध चोपडाको कोरोना संक्रमणका कारण निधन भएपछि अब यो चलचित्र पनि बन्ने या नबन्ने पक्का छैन ।

यसैविच, भूवनले सामाजिक संजालमा नयाँ गेटअपसहितको फोटो पोष्ट गरेका छन् । भूवनको यो गेटअपलाई चलचित्रकर्मी र उनका फ्यानले निकै रुचाएका छन् ।

तर, भूवनले आफ्नो फरक गेटअप चलचित्रमा भने कहिले देखाउने हुन् ? भूवनले चलचित्रमा काम गर्ने चर्चा भैरहेपनि ती चलचित्र बन्ने या नबने कुनै टुंगो लगाउन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment