Comments Add Comment

स्याललाई ठक्कर दिँदा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

२३ जेठ, जनकपुरधाम। बाटोमा हिंडिरहेको स्याललाई ठक्कर दिएर महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

सोनमा गाउँपालिका ५ रघुनाथपुरमा सर्लाहीतर्फ जाँदै गरेको प्रदेश २-०२-००१ प ४५३० नम्बरको मोटरसाईकल सडकमा हिडिरहेको स्याललाई ठक्कर दिइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा मोटरसाईकल चालक महोत्तरीको मनरासिश्वा नगरपालिका १ बस्ने ४५ वर्षीय लक्ष्मी साहको मत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको महोत्तरी प्रहरीका प्रबक्ता प्रकाश बिष्टले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सबार मनरासिस्वाकै २२ वर्षीय संजीव यादव घाइते भएका छन् । उनको सम्सीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment