+

रोजर फेडेररले छाडे फ्रेन्च ओपन टेनिस

२०७८ जेठ  २४ गते ७:५३ २०७८ जेठ २४ गते ७:५३
रोजर फेडेररले छाडे फ्रेन्च ओपन टेनिस

२४ जेठ, काठमाडौं । रोजर फेडेररले फ्रेन्च ओपन टेनिस प्रतियोगिता छाड्ने घोषणा गरेका छन् । चौथो राउन्डमा पुगिसकेपछि उनले आफ्नो स्वास्थ्यलाई कारण देखाउँदै प्रतियोगिता छाड्ने घोषणा गरेका हुन् ।

२० पटकसम्म ग्राण्डस्लाम च्याम्पियन ३९ वर्षीय फेडेररले तेस्रो राउन्डमा डोमिनिक कोफरसँग भएको प्रतिस्पर्धा जितेपछि यो घोषणा गरेका हुन् ।

उनले भनेका छन्, ‘घुँडाको दुई पटकसम्म गरिएको अपरेसन र त्यसपछि एक वर्षभन्दा बढी समय निगरानीमा रहेपछि मैले आफ्नो शरीरलाई सुन्नुपर्छ र कुनै पनि हतार गर्नु हुँदैन । मैले आफ्नो टिमसँग सल्लाह गरेर यो निर्णय लिएँ ।’

रोजर फेडेरर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय