Comments Add Comment

बेल्जियमले क्रोएसियालाई हरायो

२४ जेठ, काठमाडौं । युरो कपअघिको मैत्रीपूर्ण खेलमा बेल्जियमले क्रोएसियालाई १-० ले पराजित गरेको छ । आइतबार राति भएको खेलमा बेल्जियमका लागि रोमेलु लुकाकुले निर्णायक गोल गरे ।

घरेलु मैदान ब्रसेल्समा भएको खेलमा लुकाकुले खेलको ३८ औं मिनेटमा गोल गरेका हुन् । इन्टर मिलानका फरवार्ड लुकाकुको यो ६०औं अन्तर्राष्ट्रिय गोल हो ।

यही जुन ११ देखि युरोकपको १६औं संस्करण सुरु हुँदैछ । त्यसमा बेल्जियम समूह बी र क्रोएसिया समूह डी मा रहेको छ ।

यस्तै अन्य मैत्रीपूर्ण खेलमा डेनमार्कले बोस्निया र हर्जगोभिनालाई २-० ले तथा ग्रीसले नर्वेलाई २-१ ले पराजित गरेको छ । डेनमार्क युरोकपमा बेल्जियम रहेको समूह बी मा छ । बोस्निया,ग्रीस र नर्वे भने यस पटक युरोमा छनोट हुन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment