+
+

निवर्तमान राज्यमन्त्री मानन्धरले भने- आवास व्यवस्थापन लगायतका सुविधा लिइनँ

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २४ गते १२:२२

२४ जेठ, काठमाडौं । निवर्तमान सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारबाट प्राप्त हुने आवास व्यवस्थापन लगायतको कुनै पनि आर्थिक सुविधा नलिएको बताएका छन् ।

२०७६ मंसिर ४ देखि २०७८ जेठ २१ गतेसम्म सहरी विकास राज्यमन्त्रीको जिम्मेवारीमा रहेका मानन्धरले आवासीय सुविधा नलिएका मन्त्रीहरुलाई निवास व्यवस्थापन शीर्षकमा सरकारले हरेक महिनाको ४० हजारको दरले दिने रकम नलिएको बताएका हुन् ।

सोमबार विज्ञप्ति जारी गर्दै निवर्तमान सहरी विकास राज्यमन्त्री मानन्धरले कार्यालय व्यवस्थापनका सुविधा अन्तरगत प्राप्त हुने २ लाख रकम समेत सरकारी कोषमा नै रहेको जानकारी दिएका छन् । खर्च भएर नजाने जिन्सी सामानहरु ल्यापटप तथा आइप्याड र सवारी साधन समेत फिर्ता बुझाइसकेको मानन्धरले बताएका छन्।

जनताको विकासको तीव्र चाहना पूरा गर्नका लागि पारदर्शीरुपमा काम गरेको दाबी गर्दै एमाले नेता मानन्धरले पारिश्रमिकको आधा रकम जनताको जीवन रक्षाका लागि कोभिड कोषमा गएको र आˆनो चल अचल सम्पत्ती विवरणमा कुनै हेरफेर नभएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?