+
+
Shares

हिमालको संरक्षण र दिगो पर्यटनमा सरकार प्रतिबद्ध : पर्यटनमन्त्री

पर्यटनमन्त्री खडकराज पौडेल (गनेस) ले हिमालको संरक्षण, पर्वतारोहीको सुरक्षा र दिगो पर्यटन प्रवर्द्धननका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १३:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले हिमाल संरक्षण, पर्वतारोहीको सुरक्षा र दिगो पर्यटन प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको बताए ।
  • मन्त्री पौडेलले जलवायु परिवर्तनका कारण सिर्जित हिमाली क्षेत्रका चुनौतीहरू समाधान गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए ।
  • "पर्यटन मन्त्रालयमार्फत हामी पर्वतारोहणलाई अझ सुरक्षित बनाउन, उद्धार र आपत्कालीन संयन्त्रमा सुधार ल्याउन तथा हिमाली समुदायलाई सशक्तीकरण गर्दै उनीहरूको जीविकोपार्जनमा सुधार ल्याउन क्रियाशील छौँ ।"

१३ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) ले हिमालको संरक्षण, पर्वतारोहीको सुरक्षा र दिगो पर्यटन प्रवर्द्धननका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा ‘एभरेस्ट समिटर्स समिट २०२४’ लाई सम्बोधन गर्दै मन्त्री पौडेलले हिमालय क्षेत्रको संरक्षण नेपालको मात्र नभई साझा विश्वव्यापी दायित्व भएको बताएका हुन् ।

मन्त्री पौडेलले सगरमाथा आरोहीहरूको सहास र दृढ संकल्पको प्रशंसा गरे ।

समिटका क्रममा आयोजित राष्ट्रपतिसँगको ‘प्रेसिडेन्सियल ब्रेकफास्ट’ र आरोहीहरूको शपथ ग्रहण समारोहलाई उनले राष्ट्रिय गौरव र जिम्मेवारीको प्रतीकका रूपमा चित्रण गरे ।

मन्त्री पौडेलले जलवायु परिवर्तनका कारण सिर्जित चुनौतीहरूप्रति चिन्ता व्यक्त गर्दै हिमालय क्षेत्रमा देखिएको हिमनदी पग्लिने समस्या र जैविक विविधताको ह्रासलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए ।

हिमालहरू एसियाका लागि ‘वाटर टावर’ का रूपमा रहेको स्मरण गराउँदै उनले यसको अस्तित्व जोगाउन वैज्ञानिक सहकार्य र साझा लगानी आवश्यक रहेकोमा जोड दिए ।

उनले भने, ‘आरोहीहरूले लिएको शपथले हिमालयको वातावरण संरक्षण, स्थानीय संस्कृतिको सम्मान र जिम्मेवार पर्वतारोहणप्रतिको सामूहिक प्रतिबद्धतालाई झल्काउँछ । पर्यटन मन्त्रालयमार्फत हामी पर्वतारोहणलाई अझ सुरक्षित बनाउन, उद्धार र आपत्कालीन संयन्त्रमा सुधार ल्याउन तथा हिमाली समुदायलाई सशक्तीकरण गर्दै उनीहरूको जीविकोपार्जनमा सुधार ल्याउन क्रियाशील छौँ ।’

उनले नेपाललाई विश्वकै शाहसिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न गाइड, शेर्पा, उद्धारकर्मी र पर्यटन व्यवसायीहरूको अतुलनीय योगदान रहेको स्वीकार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?