+
+
Shares

मन्त्री पद खोसिएका सोनल भन्छन्– जनताको हितमा काम गरिरहनेछु

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २४ गते ११:५७

२४ जेठ, जनकपुरधाम । प्रदेश २ सरकारको भौतिक पूर्वाधार मन्त्रीबाट पदमुक्त भएका जसपाको महन्थ ठाकुर निकट नेता जितेन्द्र सोनलले मधेश र प्रदेशका जनताको हितमा काम गरिरहने बताएका छन् ।

मुख्यमन्त्री लालबाबु राउतको सिफारिसको आधारमा प्रदेश प्रमुख राजेश झाले आइतबार राति मन्त्री सोनलसहित राज्य मन्त्री डिम्पल झा, सामाजिक विकास राज्य मन्त्री अभिराम शर्मा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री सुरेश मण्डललाई पदमुक्त गरेका थिए ।

पदमुक्त भएपछि उनले सोमबार बिहान मधेश भवनभित्र रहेको मन्त्री निवास छाडेका छन् । एउटा सुटकेश बोकेर उनी बाहिरिएको तस्वीर सार्वजनिक भएको छ । सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै सोनलले आगामी दिनमा मधेश र प्रदेशका जनताको हितमा पुनरताजगीका साथ कार्य गरिरहने बताएका छन् ।

३ फागुन २०७४ देखि तत्कालीन राजपा संसदीय दलका नेता र भौतिक पूर्वाधार विकास मन्त्री हुँदा मधेशको भावना अनुसार काम गर्ने प्रयास गरेको उनले उल्लेख गरेका छन्।

यस्तै, सामाजिक विकास राज्यमन्त्रीबाट पदमुक्त भएका अभिराम शर्माले जनताको आवाज बुलन्द गरिनै रहने बताएका छन् । ‘म प्रदेश सभामा न्याय प्रेमी जनताको आवाज बुलन्द गरिनै रहनेछु्’ फेसबुकमा उनले लेखेका छन्, ‘जनताको घरदैलोमा समस्याको समाधान गर्न तत्पर रहिनैरहने प्रतिबद्धता जाहेर गर्दछु ।’

उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीबाट पदमुक्त भएका सुरेश मण्डलले भने आफ्नो फेसबुक पेजमा ‘धन्यवाद’ मात्रै लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?