Comments Add Comment

कोरोना संक्रमितको सेवामा खटिएका गाउँपालिका अध्यक्ष

२४ जेठ, काठमाडौं । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राई कोरोना संक्रमितको उद्घार तथा उपचारमा सक्रिय छन् । गाउँपालिकाको निश्चित स्थानमा मात्रै सडक पुगेकाले सडकसम्म अशक्त एवं ज्येष्ठ नागरिकलाई ढाडमा बोकेर वा स्ट्रेचरमा बोकेर ल्याउनुपर्छ ।

अध्यक्ष राई आफैं अशक्त एवं ज्येष्ठ नागरिकलाई बोकेर गाडीसम्म लाने र गाडी आफैं चलाएर अस्पताल पुर्‍याउने गरिरहेका छन् । अध्यक्ष राई भन्छन् ‘यति नगरी उपाय नै छैन । जनतालाई जसरी पनि बचाउनुप¥यो ।’ उनले प्रयोग गरिरहेको गाडी अहिले कोरोना संक्रमितको ओसारपसारमा लागि प्रयोग भइरहेको छ ।

पछिल्लो समय काठमाडौंबाट गाउँ गएकाहरु धेरै रहेकाले गाउँमा संक्रमण फैलिएको आशंका अध्यक्ष राईको छ । हिंड्न सक्ने अवस्थाकालाई वडास्तरमा र अशक्त एवं ज्येष्ठ नागरिकलाई घरघरमा गई एन्टिजेन परीक्षण गरिरहेको उनले बताए ।

‘गाउँमा बिरामी भएको खबर पाउन पनि सजिलो छैन । त्यसैले अहिले ज्येष्ठ नागरिक एवं अशक्त व्यक्तिहरु भएको घर–घरमा जाँदै बिरामी परीक्षण गरिरहेका छौं,’ अनलाइनखबरसँगको टेलिफोन कुराकानीमा उनले भने ।

७ वटा वडाको गाउँपालिकामा २५६ जनाको पीसीआर एवं एन्टिजेन परीक्षण गर्दा ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले गाउँपालिकाको अस्थायी कोभिड अस्पतालमा ६ जना उपचाररत छन् । अस्पताल भर्ना भई उपचार गर्नेमध्ये ५ जना निको भएर डिस्चार्ज भएका छन् ।

अस्पतालमा एक जना एमबीबीएस डाक्टर, दुई जना नर्स र अन्य स्वास्थ्यकर्मी कार्यरत रहेको अध्यक्ष राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment