Comments Add Comment

चुरेबाट एक डोको पनि गिट्टी–बालुवा उठाउदैनौं : अर्थमन्त्री पौडेल

२४ जेठ, काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चुरेका विषयमा दुश्प्रचार गरिएको बताएका छन् । अर्थमन्त्री पौडेलले चुरे दोहनका पुराना ‘क्ल्प्सि’ (भिडियो) हरु ल्याएर अनावश्यक दुश्प्रचार भइरहेको बताए ।

बजेटमा खोट खोज्न चाहनेले खोट नभेटेपछि वातावरणको मुद्दा उठाएर विवाद झिकेको उनको आरोप छ । चुरे संरक्षणमा सरकार प्रतिवद्ध भएको भन्दै चुरेबाट एक डोको गिटी बालुवा पनि नउठाउने बताए ।

सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेट कार्यान्वयन चुनौती र समाधान विषयक अन्र्तक्रियामा बोल्दै उनले भने, ‘बजेटमा केही खोट नपाएपछि अतिरञ्जनापूर्ण ढंगले वातावरणको मुद्दा उठाएर विवाद झिकिएको छ, विवाद निकाल्नेहरुलाई म स्पष्ट पार्न चाहन्छु सरकार वातावरण संरक्षणमा प्रतिबद्ध छ ।’

सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८÷७९ को बजेटले असाधारण सर्मथन पाएको पनि उनले बताए । कोभिड प्रभावित नागरिकको जीवन रक्षा बजेटको प्राथमिकता भएको भन्दै उनले बजेटका सन्र्दभमा उठेका सकारात्मक र रचनात्मक सुझावलाई स्वीकार गर्ने पनि बताए ।

स्रोत अभाव र महामारीको जटिल अवस्थामा हामीले निकै राम्रो बजेट प्रस्तुत गर्न सकेका भन्दै उनले यसलाई सबै क्षेत्रबाट असाधारण सर्मथन मिल्दै गएको दावी गरे ।

सबै नेपालीलाई निःशुल्क कोभिड भ्याक्सिनको व्यवस्था गर्न बजेट केन्द्रित रहने भन्दै उनले कोभिड महामारीले जीवीकोपार्जन, रोजगारी र उत्पादन सृजनामा पु¥याएको असरको समाधान गर्दै पुर्नउत्थानको लागि प्राथमिकताका साथ काम गर्ने पनि उनले प्रतिबद्धता जनाए ।

राष्ट्रिय गौरव तथा रुपान्तरणकारी परियोजना सम्पन्न गर्न अलग्गै संयन्त्र बनाइएको भन्दै अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनको स्पष्ट खाका मन्त्रालयले तयार गरेको पनि बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment