+
+
WC Series
Won काठमान्डु गोर्खाज 2025
157/8 (20)
VS
Kathmandu Gorkhas won by 22 runs
लुम्बिनी लायन्स 2025
135/10 (19.1)
Shares

साविकको कर्णाली पहिलो पटक राष्ट्रिय विद्युत प्रसारणमा जोडियो

यज्ञ खत्री यज्ञ खत्री
२०७८ जेठ २५ गते १५:२२

२५ जेठ, सुर्खेत । साविकको कर्णाली पहिलो पटक राष्ट्रिय विद्युत प्रशारणमा जोडिएको छ । सोमबार रातिदेखि कालीकोटमा राष्ट्रिय प्रशारण लाइन पुगे लगतै साविकको कर्णाली केन्द्रीय प्रसारणसँग जोडिएको हो ।

दैलेखको दुल्लु नगरपालिकाबाट ११ केभी विद्युतलाईन विस्तार भएसँगै कालीकोट राष्ट्रिय प्रशारणमा जोडिएको प्राधिकरण कालीकोट वितरण केन्द्रका प्रमुख मेकराज जोशीले जानकारी दिए ।

‘सोमबार राति मात्रै लाइन छोड्न सफल भएका छौं, तत्काललाई ११ केभीए जोडिएको एक साता भित्र ३३ केभीए पुर्‍याउने गरि काम भइरहेको छ,’ जोशीले भने, ‘३३ केभीए विद्युत पुर्‍याउन दैलेख–दुल्लु खण्डमा काम भइरहेको छ ।’

तत्कालिन उर्जामन्त्री एवंम हाल कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उर्जामन्त्रीको पदभार ग्रहण गरे लगतै साविकको कर्णालीका ५ जिल्लामा विद्युतको राष्ट्रिय प्रसारण लाइन जोड्ने पहिलो निर्णय गरेका थिए । उक्त योजनाले झण्डै ४ वर्ष पछि मुर्तरुप लिएको छ ।

यसअघि कालीकोटको मान्मा बजार क्षेत्र र आसपासमा जेनेहेटरबाट विद्युत वितरण गरिँदै आएको थियो । राष्ट्रिय प्रशासनण जोडिएसँगै कालीकोटमा लोडसेडिङको अन्त्य भएको बताइएको छ ।

‘पहिले दैनिक ६ घण्टा मात्रै विद्युत छोड्थ्यौं, अव हिजोदेखि लोडसेडिङको अन्त्य भएको छ, अब २४ घण्टा वत्ति आउँछ,’ प्रमुख जोशीले भने ।

उनका अनुसार गत वर्षसम्म कालीकोटमा पोतमारा जलविद्युत केन्द्रबाट विद्युत वितरण हुँदै आएको थियो । गत साउनमा आएको बाढीले पावरहाउस बगाएपछि मान्मा बजारमा जेनेहेटरबाट विद्युत वितरण गरिँदै आएको थियो ।

हाल कालीकोटमा ३८ सयभन्दाबढी ग्राहक रहेका छन् । कोरोना महामारी सहज भएपछि थप ग्राहक (मिटर बक्स वितरण) बढाइने छ । कर्णालीका मुगु, जुम्ला, हुम्ला र डोल्पामा अझै राष्ट्रिय विद्युतलाईन पुगेको छैन ।

लेखक
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?