Comments Add Comment

डोटीमा पछिल्लो साता पीसीआर परीक्षण गरिएकामध्ये ५२ प्रतिशतमा संक्रमण पुष्टि

२५ जेठ, डोटी । पछिल्लो २४ घण्टामा डोटी जिल्लामा ४७ जनाको पीसीआर परीक्षण गर्दा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै २१ जनामा एन्टिजेन परीक्षण गर्दा दुई जनामा संक्रमण देखिएको छ ।

योसँगै पछिल्लो एक सातामा सुदूरपश्चिममा १६७ जना संक्रमित थपिएका छन् । एक सातामा पीसीआर विधिबाट २६७ जनामा परीक्षण गर्दा १४० जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या परीक्षण गरिएका कुल संख्या ५२.२० प्रतिशत हो ।

यस्तै एक सातामा एन्टिजेन विधिबाट १५९ जनाको परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लामा कुल संक्रमितहरुको संख्या २ हजार ७०१ पुगेको छ । दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि जिल्लामा एक हजार २५८ जनामा संक्रमण देखिएको छ ।

यस्तै डोटीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । आइतबार बिहान मात्रै डोटीमा ६८ वर्षीया महिलाको मृत्यु भएको छ । उनमा एन्टिजेन परीक्षण गर्दा जेठ १८ गते कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण जोशीले जानकारी दिए ।

गैरसरकारी संस्थाहरुले स्वास्थ्य सामग्री सहयोग गर्दै

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि डोटीमा विभिन्न गैरसरकारी संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय डोटीका सूचना अधिकारी मधुकृष्ण पौड्यालका अनुसार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि ७० थान अक्सिजन सिलिण्डर, ९५ थान पल्स अक्सिमिटर, ७० थान थर्मल गन र १२० थान पीपीई सेट प्राप्त भएको छ । यस्तै सेनिटाइजर १५५ लिटर, एन्टिजेन किट १५० थान, सर्जिकल मास्क १५ हजार १५० थान, एन–९५ मास्क ७३६ थान, थर्मामिटर ६ थान, फेस सिल्ड २० थान, ग्लोब एक हजार थान, हेण्ड वास ६ थान र अक्सिजन कन्सन्टे«टर एक थान रहेको सूचना अधिकारी पौड्यालले वताए ।

ती सामग्रीहरु अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु वल्र्ड भिजन, युनाइटेड मिसन टु नेपाल र नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले सहयोग गरेका हुन् ।

प्राप्त भएका स्वास्थ्य सामग्रीहरु आवश्यकताको आधारमा विभिन्न कार्यालयहरुलाई हस्तान्तरण गर्ने सूचना अधिकारी अधिकारी पौड्यालले बताए ।

संक्रमितहरुलाई घरमै स्वास्थ्य सामग्री

कोभिड–१९ संक्रमितका परिवारलाई सम विकास केन्द्र डोटीले घरमै स्वास्थ्य सामग्री उपलब्ध गराउन थालेको छ ।

होम आइसोलेसनमा रहेका संक्रमितका परिवारलाई सेनिटाइजर, सर्जिकल मास्क, पल्स अक्सिमिटर, डिजिटल थर्मोमिटर, साबुन, पेपेर तावेल र स्यानेटरी प्याड सहितको सामग्री वितरण संस्थाका अध्यक्ष अधिराज बीसीले जानकारी दिए । उनले संक्रमितहरुले घरमै प्रारम्भिक सावधानी अपनाउन सहज होस् भन्नका लागि सहयोग गरेको बताए ।

सम विकास केन्द्रले जेठ ११ गतेदेखि डोटी जिल्ला अस्पतालको आइसोलेसनमा रहेका संक्रमितहरुलाई निःशुल्क खाना खुवाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment