
२५ जेठ, धनगढी । सुदूश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या मंगलबार शून्यमा झरेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले दोस्रो लहरको कोरोना भाइरसको संक्रमण र मृत्युदर तीव्र भएयता पहिलो पटक मंगलबार मृत्युदर शून्यमा झरेको जनाएको छ ।
कोरोना भाइरसको संक्रमणबाट प्रदेशभर हालसम्म ५ सय ४२ जनाको मृत्यु भइसकेको छ । तर २४ घण्टामा प्रदेशमा २ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
एन्टीजेन विधिबाट ८ सय ९९ र पीसीआर विधीबाट ६सय २२ जना गरेर एक हजार ५ सय २१ जनाको नमूना परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो । यो सँगै प्रदेशभर संक्रमितको संख्या ४१ हजार ८ सय ६९ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4