Comments Add Comment

बाँकेमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

२६ जेठ, काठमाडौं । बाँकेमा पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका-६ की ४० वर्षीय महिलाको मंगलबार साँझ ५ बजेर २० मिनेटमा र बर्दियाको राजापुर नगरपालिका-७ की ८० वर्षीय महिलाको बुधबार बिहान ४ बजे उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो।

यस्तै, प्युठानको प्युठान नगरपालिका-६ का ७२ वर्षीय पुरुषको मंगलबार साँझ साढे ६ बजे उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

यससँगै बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०४ पुगेको छ भने उपचारका लागि बाहिरी जिल्लाबाट आएका मृतकको संख्या ३२४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment