Comments Add Comment

बर्थ डे स्पेशलः ‘के पर्दामा हमालको भूमिका फेरिन जरुरी छ ?

चलचित्र ‘मोहब्बते’मा काम गर्नु अगाडि बलिउड नायक अमिताभ बच्चनका थुप्रै चलचित्रहरु असफल भैरहेका थिए । अझ भनौ, दर्शकले उनलाई नायकको रुपमा स्विकार गर्न छाडेका थिए । बलिउडमा लामो समय पर्दामा हिरोइज्म देखाएका नायक बच्चन चलचित्र असफल भएपछि आफूलाई परिवर्तन गर्नुपर्छ भन्ने सोचमा पुगे । यसपछि, उनले निर्देशक यश चोपडासँग भेट गरे ।

यश चोपडाले उनलाई आदित्य चोपडाले निर्देशन गरेको चलचित्र ‘मोहब्बते’मा एक क्याम्पसको प्रिन्सिपलको भूमिकामा काम गर्न प्रस्ताव गरे । यो चलचित्रमा उनी नायिका ऐश्वर्या राय बच्चनको पिताको साथै क्याम्पसको प्रिन्सिपलको भूमिकामा देखिएका छन् ।

अमिताभको यो भूमिकालाई दर्शकले रुचाए । चलचित्रमा उनले आफ्नै उमेरको एक पात्रको भूमिका निर्वाह गरेका थिए । यसपछि, बच्चनको बलिउडमा दोश्रो इनिङ सुरुवात भएको मानिन्छ । आज पनि उनी बलिउडमा बलियो पकड बनाउन सफल छन् । उनले अभिनय गरेका ‘पिकु, शमिताभ, पिंक, पा’ जस्ता चलचित्रले नयाँ खालको छाप छाडेका छन् । अमिताभले पनि आफूलाई परिवर्तन गर्दा उनको क्रेज र स्थान अरुले खोस्न सकेका छैनन् ।

नेपाली चलचित्रका सफल नायक राजेश हमाललाई बलिउडका नायक अमिताभ बच्चनसँग दाँजिन्छ । नायक राजेश हमालले अभिनय गरेका दर्जनौ चलचित्रले निर्मातालाई घर, गाडी जोडिदिएका छन् । उनका कारण, कुनै समय प्राविधिकहरु बेरोजगार बन्नु परेन । हमालको टाउको राख्दा पनि चलचित्रले बक्स अफिसमा बम्पर कमाई गर्ने अवस्था थियो ।

तर, चलचित्रमा हमालबाट दर्शकले फरक भूमिकाको अपेक्षा गरिरहँदा उनले भने पर्दामा हिरोइज्मको भूमिकालाई छाडेका छैनन् । ‘बागमती, शकुन्तला’ जस्ता चलचित्र यसका उदाहरण हुन् । यी चलचित्रलाई दर्शकले मन पराएनन् ।

राजेश हमालबाट दर्शकले फरक बिषयमा फरक अभिनयको अपेक्षा गरेका छन् । ५८ बर्षमा टेक्दै गरेका नायक हमालले अब पनि पर्दामा हिरोइज्मलाई नै निरन्तरता दिने हो भने दर्शकले उनलाई पर्दामा स्विकार गर्ने कुरामा शंका व्यक्त गर्न सकिन्छ ।

हमाललाई निर्देशकले पनि अब उनको उमेर सुहाउँदो भूमिकामा प्रस्तुत गर्न आवश्यक छ । चलचित्रको पर्दा बाहिर बलियो पकड जमाएका नायक हमालले पर्दामा भूमिका परिवर्तन सकेको खण्डमा उनको क्रेज कमजोर नहुने विश्लेषण गर्न सकिन्छ । तर, के हमालले आफूलाई परिवर्तन गर्न सक्लान् त ? कि अझै पनि हमाल एक साथ एक दर्जन खलपात्रलाई एक्लै लडाउने भूमिकाकै खोजीमा छन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment