+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

बीएण्डसीलाई सम्बन्धन दिन प्रधानमन्त्रीले चिकित्सा शिक्षा आयोगलाई बाध्य पार्न खोजे : डा. केसी

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २७ गते १३:०५

२७ जेठ, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जेठ २८ गते चिकित्सा शिक्षा आयोगको जबर्जस्ती बैठक राखेर राखेर बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गराउन खोजेको भन्दै विरोध जनाएका छन् ।

बिहीबार विज्ञप्ति जारी गरी उनले सम्बन्धनसम्बन्धी निर्णय गर्न आयोगका सदस्यहरुलाई बाध्य पार्न खोजेको भन्दै यो विधिको शासनविरुद्ध अक्ष्यम्य अपराध हुने बताएका छन् ।

केसीले चिकित्सा शिक्षाको मर्यादा र संवेदनशीलता बुझेर त्यस खालको निर्णय प्रक्रियामा संलग्न नहुन तथा त्यसलाई रोक्न चिकित्सा शिक्षा आयोगका सदस्यहरुलाई आग्रह गरेका छन् । ‘त्यसो नगरी ओलीको गुण्डाराजलाई साथ दिने जो कसैलाई पनि जवाफदेही बनाउन हामीले कुनै कसर बाँकी राख्ने छैनौं,’ उनले भनेका छन् ।

केसीले आफू हाल द्वन्द्वग्रस्त मुलुक यमनका पिछडिएका ठाउँहरुमा सेवा दिएर नेपाल फर्कने तयारीमा रहेको भन्दै सम्बन्धन दिएमा अनसन बस्ने चेतावनी दिएका छन् ।

‘चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुको अडान विपरीत जबर्जस्ती अवैध सम्बन्धनको प्रक्रिया अघि बढाइयो भने म नेपाल फर्कनासाथ त्यस्तो हर्कतविरुद्ध सत्याग्रह सुरु गर्ने जानकारी गराउन चाहन्छु,’ उनले विज्ञप्तिमा भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?