Comments Add Comment

१४ जिल्लाका सामुदायिक अस्पताललाई पोर्टेबल भेन्टिलेटर सहयोग गरिने

२७ जेठ, काठमाडौं । गोर्खा सेमिट्रिज ट्रष्ट हङकङ र सामाजिक अभियन्ता युकेश राई र सञ्जय राईको पहलमा देशका विभिन्न अस्पताललाई ५० वटा पोर्टेबल भेन्टिलेटर प्रदान गरिने भएको छ ।

कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि भेन्टिलेटरको अभावमा संक्रमितको ज्यान जान थालेपछि ट्रष्ट र सामाजिक अभियान्त द्वयले सहयोग संकलन सुरु गरेका थिए । अहिले शहरमा संक्रमण कम हुँदै गएको र ग्रामीण क्षेत्रमा बढ्न थालेकाले ग्रामीण क्षेत्रका अस्पताललाई हस्तान्तरण गर्ने तयारीमा रहेको गोर्खा सेमिट्रिज ट्रष्ट नेपालका अध्यक्ष महेन्द्र राईले जानकारी दिए ।

उक्त पोर्टेबल भेन्टिलेटर विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरुको आर्थिक सहयोगबाट खरिद गरिएको हो । देशका विभिन्न १४ जिल्लाका सामुदायिक अस्पतालहरुलाई वितरण गरिने राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment